काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताला

12.73K
shares

प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिका छात्र/छात्राले विद्यालयमा ताला लगाएका छन् ।

गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादवसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र÷छात्राले ताला लगाएका हुन् ।

हिउँदे विदा सकिएपनि प्रअ र शिक्षक आइनपुगेपछि विद्यार्थीले पुस ५ गते विद्यालयमा ताला लगाएको राजापानीका वडाध्यक्ष अनिस कार्कीले बताए । स्वयं विद्यार्थीले ताला लगाएपछि पठन–पाठन ठप्प बनेको छ ।

माघ २ गतेदेखि खुल्नुपर्ने विद्यालय पोखरामा भएको विमान दुर्घटनाका कारण माघ ३ गतेदेखि खुलेको थियो । विद्यालय खुल्दा पनि नआएका शिक्षकलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको छ ।

शुक्रबार विद्यालयमा उपलब्ध शिक्षकमार्फत पठनपाठन सुचारु गर्न आग्रह गर्दा विद्यार्थीले अस्वीकार गरेको वडाध्यक्ष कार्कीले बताए । ताला हालिएको विद्यालय खुलाउने विषयमा सोमबार छलफलको तयारी गरिएको छ । प्रअ यादवमाथि विद्यालय प्रशासन फितलो तरिकाले सञ्चालन गरेको आरोप छ।

प्रअ यादवले राष्ट्रिय परिक्षा बोर्डको कार्यालय लाहान पुगेर कक्षा ११ को परिक्षा फर्म र कक्षा १२ को राजस्व बुझाउने काम लिएर घर गएकाले विद्यालय फर्कन ढिलाइ भएको बताए । उनले शिक्षक रामशंकर यादवलाई मौखिक रूपमा प्रअको जिम्मेवारी दिइएको बताए ।