गृहपृष्ठ उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा राना मगरको उम्मेदवारी दर्ता
उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा राना मगरको उम्मेदवारी दर्ता
सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् । शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तााव पेस हुँदै छ ।
प्रकाशित समय : १३:३८ बजे



















