global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसबाट उपसभामुखमा मुक्ता यादव

कांग्रेसबाट उपसभामुखमा मुक्ता यादव

कांग्रेसबाट उपसभामुखमा मुक्ता यादव

नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले उपसभामुख उठाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धन भन्दा बाहिर रहेका दलहरुको समर्थन लिएर अघि बढ्ने कांग्रेसको तयारी छ । आज बसेको कांग्रेस पदाधिकारी बैठकले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकमा सहभागि एक पदाधिकारीका अनुसार यादवलाई उपसभामुखको उम्मेदवारमा अघि सारिएको हो । कांग्रेस केन्दीय सदस्यसमेत रहेकी यादव समानुपातिकबाट सांसद भएकी थिइन् ।

कांग्रेसमा केन्द्रीय सदस्यसमेत रहेका सांसदहरु अम्बिका बस्नेत, सरिता प्रसाईं, मुक्ताकुमारी यादव लगायतको नाममाथि छलफल भएको थियो । यसअघि आज नै सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । विपक्षी गठबन्धनमा सम्बद्ध एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग महिला सांसद नभएकाले कांग्रेसले नै उपसभामुखमा उम्मेदवारी दिन लागेको हो ।

सभामुखमा घिमिरे निर्वाचित भएकाले महिला नै उम्मेदवार बनाउनुपर्ने अवस्था छ । त्यसलाई मध्यजर गरी कांग्रेसबाटै उम्मेदवार खडा गरिएको ती पदाधिकारीले बताए ।

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु