गृहपृष्ठ यूनियन, प्राइम र गुराँस लाइफबीच मर्जरमा जाने अन्तिम सम्झौता

यूनियन, प्राइम र गुराँस लाइफबीच मर्जरमा जाने अन्तिम सम्झौता

यूनियन, प्राइम र गुराँस लाइफबीच मर्जरमा जाने अन्तिम सम्झौता

यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच एकापसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको छ ।

सम्झौता पत्रमा यूनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पियुषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले आइतबार हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सको सेयर अनुपात १ः१ः१ कायम गरिएको छ ।

मर्जर सम्झौताअनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष शुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको अध्यक्ष हुने छन् । यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण मर्जरपश्चात् बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नेछन् ।

मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरू सम्पन्न गरी २०७९ चैत्रभित्र एकीकृत कारोबार गर्ने समयावधि निर्धारण गरिएको छ । यो अवधिसम्म कम्पनीका शाखाहरू, कर्मचारी समायोजनका कार्यहरू समेत सम्पन्न गरिने सम्झाैतामा उल्लेख छ ।

मर्जर सम्झौता कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तीन वटा कम्पनीहरू एक आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताउँदै नियमनकारी निकायको तर्फबाट मर्जर कार्यमा पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु