गृहपृष्ठ देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित

देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित

देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित

देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

तर, त्रिभुवन विमानस्थलमा भने समस्या नभएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । ठाकुरले काठमाडौं बाहिरका सबैजसो विमानस्थलको उडान प्रभावित भएको बताए ।

देशको तराईका भू-भागमा हुस्सु/कुहिरो लागेकाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । महाप्रबन्धक ठाकुरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि मौसम खराबीका कारण अहिलेसम्म उडानमा समस्या भएको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु