global ime bank Long Banner Ad

गृहपृष्ठ भारतबाट आएपछि क्वारेन्टिनबाट बसेर घर फर्केका युवकको मृत्यु

भारतबाट आएपछि क्वारेन्टिनबाट बसेर घर फर्केका युवकको मृत्यु

भारतबाट आएपछि क्वारेन्टिनबाट बसेर घर फर्केका युवकको मृत्यु

पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका- १ का १९ वर्षीय युवकको घरमा बिहीबार बिहान मृत्यु भएको हो । उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए ।

बुधबार साढे ४ बजे आरडीटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिए । स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुंगो लाग्नेछ ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज इन्स्पेक्टर असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो । ती युवालाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टिनका रुपमा बसालिएको थियो ।

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु