काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

7.6K
shares

चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् ।

यही पुस २१ गते बसेको १३औं वार्षिक साधारणसभाले आगामी चार वर्षको कार्यकालका लागि सञ्चालक सदस्यमा क्रमशः हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ तथा दिलिप शेखर श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हो । सोही दिनमा बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको कम्पनीले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् । लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।