global ime bank Long Banner Ad

गृहपृष्ठ माघ ७ मा सभामुखको निर्वाचन गर्ने तयारी

माघ ७ मा सभामुखको निर्वाचन गर्ने तयारी

माघ ७ मा सभामुखको निर्वाचन गर्ने तयारी फाइल फोटो

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचन गर्न प्रस्ताव गरिएको हो ।

नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकका अनुसार प्रतिनिधिसभामा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संविधान र कानुनमा व्यवस्था छ। कानुनी प्रावधानअनुसार आगामी माघ १० गतेभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ।

प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ गतेको लागि बोलाइएको छ ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु