गृहपृष्ठ दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४ करोडको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४ करोडको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४ करोडको कारोबार

आज सेयर बजार मापक नेप्से दोहोरो अंकले बढेकाे छ । नेप्से आज १८.०९ अंकले बढेर २१४३.९३ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड ७ लाख रूपैयाँ माथिको कारोबार भएको छ । बुधबार ३ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियाे ।

आज चन्द्रागिरी हिल्ससहित सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । वुद्ध भूमि, धाैलागिरि लघुवित्त, खप्तड लघुवित्त, श्रीजनशील लघुवित्त, बराही पावर, हिमालयन उर्जा, इष्टर्न हाइड्रोपावर, हिमालयन पावर र प्रिमियम इन्स्योरेन्सको सेयर उकालो लागेको छ ।

आज सिटिजन्स म्युचुअल फण्डको ३.३ प्रतिशतले सर्वाधिक सेयर मूल्य घटेको छ । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको २.८८, नारायणी विकास बैंकको २.८२, नेपाल एसबीआई बैंकको डिभेन्चरको २.७० प्रतिशतले सेयर मूल्य घटेको हाे ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैंकिङ इन्डेक्स र अन्य इन्डेक्स बाहेकका सबै सूचकमा हरियाली छाएको छ । बैंकिङ इन्डेक्स ०.३१ प्रतिशत र अन्य इन्डेक्स ०.८७ प्रतिशतले घटेको छ भने सर्वाधिक होटल तथा पर्यटन सूचकको ५.७५ प्रतिशतले बढेको छ ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु