काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१७ अंकले बढ्यो नेप्से, २ अर्ब ९६ करोडको कारोबार

10K
shares

साेमबारकाे सेयर बजार मापक नेप्से १७.५६ अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)काे अनुसार साेमबार सेयर बजार बढेर २०६३.८३ विन्दुमा पुगेकाे छ ।

नेप्सेकाे अनुसार आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ९६ कराेड रुपैयाँकाे काराेबार भएकाे छ । आज सबैभन्दा बढी काराेबार हुने कम्पनीमा नबिल बैंक रहेकाे छ । बैंककाे आज १६ कराेड रुपैयाँ बढीकाे सेयर काराेबार भएकाे छ ।

यस्तै, साेमबार ४ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरु क्रमश: धाैलागिरी लघुवित्त, सृजनशिल लघुवित्त, खप्तड लघुवित्त र अजाेड इन्स्याेरेन्स रहेकाे छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशतले बढेको छ ।

त्यस्तै, निर्जीवन बिमा समूहको परिसूचक ३.०६ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक २.८४ प्रतिशतले बढेको छ । यसैगरी, अन्य समूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशतले घटेको छ ।