गृहपृष्ठ वर्षा र हिमपातकाे सम्भावना
वर्षा र हिमपातकाे सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ ।
दिउँसो प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन महाशाखाले गरेको छ ।
मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित समय : ०९:२४ बजे


















