global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुलाई सास्ती

कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुलाई सास्ती

कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुलाई सास्ती

बाढी पहिरोका कारण भत्किएको कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । सवारीसाधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडकखण्ड मर्मत नहुँदा जीर्ण बन्दै गएको छ ।

खाल्डाखुल्डी र धुलाम्मे रागमार्ज साँगुरो हुँदा यातायातका साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीहरुको भनाइ छ । रागमार्ग अन्तर्गत कालीकोटको सेराबाडादेखि नाग्मसम्म २६ किलोमिटर सडक पहिराका कारण धुलाम्मे भएको छ । नाग्मदेखि गमगढीसम्म ९३ किलोमिटर सडकखण्डमा १८ किलोमिटर सडक पहिरो खसेको थियो ।

कालीकोटको पिली, सेरीबाडा, भिक्म र बालीमा ठूलो पहिरो गएको थियो । त्यहाँ सडक नै बगाइएका कारण नयाँ सडक खोलेर गाडी सञ्चालनमा ल्याइएको हो । दैलेख खण्डमा पहिरोले रागमार्ग समस्याग्रस्त बनेको छ । बाँकेको जमुनाहदेखि दैलेख महावु, कालिकोट, जुम्ला र मुगुको नाप्चे नाङ्गलासहित चीन जोड्ने यो सडकमा काम भने हुन सकेको छैन ।

सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तरोन्नति नहुँदा यात्रुले दुःख पाउने गरेका छन् । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमितबाहेकको बजेट नआएको स्थानीयको गुनासो छ ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले कालीकोट, जुम्ला र मुगुसम्मको सडक सुधारका लागि काम भइरहेको बताए ।  यस खण्डमा ठूलो क्षति भएकाले सुधारका काम भइरहे पनि तत्काल सडकस्तर उन्नतिका लागि गाह्रो भइरहेको श्रेष्ठको भनाइ छ ।

प्रकाशित समय : २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु