global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोनाबाट मृत्यु भएका दशौं व्यक्ति पाँच दिनअघि भारतबाट पाल्पा आएका थिए

कोरोनाबाट मृत्यु भएका दशौं व्यक्ति पाँच दिनअघि भारतबाट पाल्पा आएका थिए

कोरोनाबाट मृत्यु भएका दशौं व्यक्ति पाँच दिनअघि भारतबाट पाल्पा आएका थिए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । दुई दिनअघि पाल्पामा मृत्यु भएका ४५ वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उपचारका क्रममा दुई दिनअघि पाल्पाको मिसन अस्पतालमा मृत्यु भएका पुरुषको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । मृत्युपछि उनको स्वाब नमूना परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

उनी पाँच दिनअघि भारतबाट घर आएका थिए । उनी क्वारेन्टीनमा रहँदा स्वास प्रश्वासको समस्या भएपछि उपचारका लागि मिसन अस्पताल भर्ना गरिएको थियो । उनी पूर्वखोला गाउँपालिकाका हुन् ।

प्रकाशित समय : २३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु