गृहपृष्ठ आगलागीमा परी आमाछोरीको मृत्यु
आगलागीमा परी आमाछोरीको मृत्यु
धरान उपमहानगरपालिका- १५, सिद्धकालीचोकस्थित नर बहादुर श्रेष्ठको घरमा बिहीबार बिहान आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ८७ वर्षीया धनमाया श्रेष्ठ र शारीरिक रुपमा अशक्त ५८ वर्षीया सिता श्रेष्ठ रहेका छन् । छोरीलाई बचाउने क्रममा सिलिण्डर पड्केर लाग्दा आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उद्धार गर्ने क्रममा ग्यास सिलिन्डर पड्कँदा १ जना प्रहरी हवल्दार सामान्य घाइते भएका छन् । स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट श्रेष्ठको घरमा रहेको लत्ताकपडा, भाँडावर्तन लगायतका धनमाल जलेल नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित समय : ००:५० बजे



















