गृहपृष्ठ तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त
तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त
तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघीय एक अधिकारीले बताएका छन् ।
अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले सो कुरा बताएका हुन् । उनले भनेकी छन्, ‘अफगानिस्तानको तालिबान सरकारको यो निर्णयले मलाई दुःख लागेको छ, म स्तब्ध भएको छु । आज सो समाचार देशव्यापी रुपमा प्रचारमा ल्याइएको छ । तालिबानहरुले अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट रोकेको घटनाको म विरोध गर्दछु ।’
अफगानिस्तानमा लागl संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले एक विज्ञप्तिमा सो कुरा बताएकप् हुन् । उनले यस्तो निर्णय अफगानिस्तानका उच्च शिक्षासम्बन्धी मन्त्रीले हालै गरेको भनी गरिएको प्रचारले अफगानिस्तानका सबै महिला बेखुस भएका पनि बताएकी हुन् ।
उनले यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद भएको धारणा राखेकी छन् । दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि त्यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरुलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरु विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।
तालिबानहरुले त्यहाँका महिला अधिकारको हनन् गरिरहेकाले संयुक्त राष्ट्रसंघीय सभा तथा बैठकहरुमा यस्ता विषयमा कुरा उठ्ने गरेको पनि उनले बताएकी हुन् । यस निर्णयका बारेमा संयुक्त राष्ट्रसंघले थप स्पष्ट जानकारीको खोजी गरिरहेको भन्दै आगामी दिनमा यस्ता निर्णयहरु फिर्ता लिनका लागि आफूले पहल गर्न पनि उनले बताएकी छन् ।
प्रकाशित समय : १२:४६ बजे



















