काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१४ अंकले बढ्यो नेप्से, ९३ करोडको कारोबार

6.78K
shares

सेयर बजारमा आज १४ अंकको सुधार देखिएको छ । आज नेप्से सूचक १४.२२ अंकले बढेर १८७३ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा झिनो अंकको सुधार देखिए पनि कारोबार रकम भने घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ । त्यस्तै, दोस्रोमा अन्य समूहको परिसूचक २.३१ प्रतिशतले बढेको हो ।

मंगलबार आधिखोला लघुवित्त, श्रृजनशिल लघुवित्त र धैलागिरी लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । आधिखोला लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमश: एक हजार ५०७ रुपैयाँ र ९९६ रुपैयाँ ६० पैसा कायम भएको छ ।

आज सनराइज ब्ल्युचिप फण्डको ४.६७ प्रतिशते सर्वाधिक सेयर मूल्य घटेको छ । त्यस्तै, गरिमा डिभेन्चरको ३.९४, फरवार्ड माइक्रोफाइनान्सको २.५१, लाइबर्टी इनर्जीको २.३९ प्रतिशतले सेयर मूल्य घटेको छ ।