गृहपृष्ठ १४ अंकले बढ्यो नेप्से, ९३ करोडको कारोबार
१४ अंकले बढ्यो नेप्से, ९३ करोडको कारोबार
सेयर बजारमा आज १४ अंकको सुधार देखिएको छ । आज नेप्से सूचक १४.२२ अंकले बढेर १८७३ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा झिनो अंकको सुधार देखिए पनि कारोबार रकम भने घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ । त्यस्तै, दोस्रोमा अन्य समूहको परिसूचक २.३१ प्रतिशतले बढेको हो ।
मंगलबार आधिखोला लघुवित्त, श्रृजनशिल लघुवित्त र धैलागिरी लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । आधिखोला लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमश: एक हजार ५०७ रुपैयाँ र ९९६ रुपैयाँ ६० पैसा कायम भएको छ ।
आज सनराइज ब्ल्युचिप फण्डको ४.६७ प्रतिशते सर्वाधिक सेयर मूल्य घटेको छ । त्यस्तै, गरिमा डिभेन्चरको ३.९४, फरवार्ड माइक्रोफाइनान्सको २.५१, लाइबर्टी इनर्जीको २.३९ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रकाशित समय : १५:३२ बजे



















