सुनचाँदीको मूल्य स्थिर
वि.सं.२०७९ पुस ४ सोमवार ११:४०
shares

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघले आजको बजार मूल्य तोक्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ कायम थियो । याे मूल्य पछिल्लाे दिन भने ६०० ले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १ हजार ३८० रुपैयाँ कायम रहेको जनाएको छ ।

























