nmb bank

गृहपृष्ठ नीति शाह बनिन् रियलमीको ब्रान्ड एम्बासडर

नीति शाह बनिन् रियलमीको ब्रान्ड एम्बासडर

नीति शाह बनिन् रियलमीको ब्रान्ड एम्बासडर

स्मार्टफोन ब्रान्ड रियलमीले नीति शाहलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।

यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् । उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘ब्रान्ड एम्बासडरको रुपमा नीति शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । मानिसहरुलाई प्रभावित पार्न सक्ने उनको क्षमताले पक्कै पनि रियलमी ब्रान्डलाई अझै धेरै उपभोक्ताहरु सामु परिचित बनाउने छ भन्ने हामीले विश्वास लिएका छौं ।’

त्यस्तै गरी रियलमीकी नवनियुक्त ब्रान्ड एम्बासडर शाहले रियलमी ब्रान्डको सदस्य हुन पाउँदा उत्साहित भएको बताइन् ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु