काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सानिमा बैंकको १८औं साधारण सभा : १०.९८ प्रतिशत लाभांश पारित

8.57K
shares

सानिमा बैंकको आज (आइतबार) १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।

त्यस्तै, सभाले सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेललाई निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ९ करोड रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति १ खर्ब ९२ अर्ब ५१ करोड रुपैयाँ, कुल निक्षेप १ खर्ब ५८ अर्ब ८८ करोड रुपैयाँ तथा खुद कर्जा सापटी १ खर्ब ४१ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ ।