गृहपृष्ठ सनराइज बैंक र विश्वज्योति सिनेप्लेक्सबीच सहकार्य, दुई टिकट किन्दा एउटा नि:शुल्क
सनराइज बैंक र विश्वज्योति सिनेप्लेक्सबीच सहकार्य, दुई टिकट किन्दा एउटा नि:शुल्क

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहकहरुको लागि सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेको छ ।
यसअनुसार सनराइज बैंकको ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको हो । पुस १ देखि तीन महिनासम्म सञ्चालन गरिने यो योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
योजनामा समावेश हुन ग्राहकहरुले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। सनराइज बैंकले केही वर्षअगाडि पनि क्युएफएक्स सिनेमाजको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो ।
सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिँदै आएको छ । यस अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने लाभले अझै बढी कारोबार गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।
प्रकाशित समय : १९:३७ बजे