global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ माउण्टेन गाइड तालिममा महिला सहभागिता उल्लेख्य

माउण्टेन गाइड तालिममा महिला सहभागिता उल्लेख्य

माउण्टेन गाइड तालिममा महिला सहभागिता उल्लेख्य

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको सहकार्यमा सञ्चालित संयुक्त परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा काठमाडौंमा महिलाहरुका लागि ३५ दिने निशुल्क माउण्टेन गाइड तालिम सुरु भएको छ ।

तालिममा सातै प्रदेशका २५ जिल्लाबाट १२० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले पर्वतारोहण क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले एएमएसँगको सहकार्यमा यो तालिम सुरु गरिएको र यसले पर्वतारोहण क्षेत्रमा नयाँ जनशक्ति तयार हुने बताए । उनले परियोजनाअन्तर्गत विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन हुँदै आएको जानकारी दिँदै तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यहारिक कक्षाहरु सञ्चालन गरिने जानकारी दिए ।

नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए)का कार्यकारी निर्देशक रुद्रप्रसाद चापागाईले यो तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको बताए । सीमित संख्यामा मात्र तालिम दिने गरी देशैभरीबाट आह्वान गरिए पनि तालिममा सहभागी हुने चाहनेहरुको संख्या धेरै भएपछि अन्तर्वार्ताको माध्यमबाट सहभागी छनोट गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी)का जिविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए ।

प्रकाशित समय : १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु