गृहपृष्ठ हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा
हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा
हिउँद लागेसँगै चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा साथी हुनसक्छ हिमस्टारको हिटर ।
नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्षजस्तै यो वर्ष पनि हिटरहरू बजारमा ल्याएको छ । हिमस्टारका विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो पनि छन् ।
यसका साथै यो जाडो मौसममा पर्याप्त न्यानो पनि प्रदान गर्छन् । यी हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको हुँदा तुरुन्तै तातिन्छ र यसमा दुई वा सोभन्दा बढी पावर सेट पनि गर्न सकिन्छ । हिमस्टारका हिटरहरू दुई हजार ३९० देखि चार हजार ४० रूपैयाँसम्म उपलब्ध छन् ।
विगत कयौँ वर्षदेखि विश्वसनीय कम्पनीको रूपमा स्थापित हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूका लागि उत्पादनदेखि बिक्रीपछिको सेवासम्म निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १८:३० बजे




















