global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रभु क्यापिटलको फ्री डिम्याट स्किम : ‘हेलिराइडको सफर विथ न्यानो स्पेसल अफर’

प्रभु क्यापिटलको फ्री डिम्याट स्किम : ‘हेलिराइडको सफर विथ न्यानो स्पेसल अफर’

प्रभु क्यापिटलको फ्री डिम्याट स्किम : ‘हेलिराइडको सफर विथ न्यानो स्पेसल अफर’

प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि एक स्किम ल्याएको छ ।

‘हेलिराइडको सफर विथ न्यानो स्पेसल अफर’ भन्ने नारासहित क्यापिटलले यो निशुल्क डिम्याट स्किम ल्याएका हो । यो योजना यही पुस १ बाट चैत ३० सम्म लागू हुने क्यापिटलले जनाएको छ । यसमा ग्राहकले १ वर्षका लागि निशुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् । यस योजनाको आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो, जसमा चिठ्ठाबाट १० जना भाग्यशाली विजेताको छनौट गरिनेछ । जसले आजीवन निःशुल्क डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइकुण्ड हेलिराइडको अवसर प्राप्त गर्नेछ ।

पूँजी बजारमा नयाँ लगानीकर्ता भित्र्याउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न प्रेरित गर्ने उद्देश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयं उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । जसमा व्यक्तिले अनलाइन रिक्वेस्ट गर्दा भिडियो केवाइसी वा एप केवाइसी छनौट गरी आफूअनुकूल समय लिई तुरुन्तै अनलाइन डिम्याट खाताको सुविधा पाउनेछन् ।

प्रभु क्यापिटल लिमिटेड नेपाली पूँजी बजारमा भिडियो केवाइसीमार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो । जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु