global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कोका-कोलाको सहयोगमा नेपाली आप्रवासी कामदारहरूलाई विश्वकप हेर्ने अवसर

कोका-कोलाको सहयोगमा नेपाली आप्रवासी कामदारहरूलाई विश्वकप हेर्ने अवसर

कोका-कोलाको सहयोगमा नेपाली आप्रवासी कामदारहरूलाई विश्वकप हेर्ने अवसर

‘वर्ल्डकप २०२२’को लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारहरु मध्ये कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासी कामदारहरुलाई कोका-कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वर्ल्डकप हेर्ने अवसर प्रदान गरेको छ ।

आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशिएका नेपालीहरुको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरुप कम्पनीले उक्त पहल लिएको कोका-कोला नेपालले जनाएको छ । फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा वर्ल्डकप हेर्न पाउनु आफूहरुको लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसको लागि कोका-कोलाप्रति आभारी रहेको कुरा व्यक्त गरेका छन् ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका-कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुको लागि केही गर्न चाहन्थ्यौं । वहाँहरुको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी वहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं । वहाँहरुले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिनुभयो होला भन्ने हामी आशा गर्दछौं ।’

कोका-कोलाले योभन्दा अगाडि पनि आफ्नो दसैंं क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरुलाई कतार-नेपाल दुईतर्फी हवाइ टिकटको व्यवस्था गरिदिएको थियो जसले गर्दा उनीहरुले निकै लामो समयको अन्तरालपछि आफ्नो परिवारसँग बसेर दसैंं तिहार मनाउने अवसर पाएका थिए ।

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु