गृहपृष्ठ आइएमईकाे चाडपर्व अफरकाे नतिजा : १४ हजार पठाउँदा १० लाख उपहार
आइएमईकाे चाडपर्व अफरकाे नतिजा : १४ हजार पठाउँदा १० लाख उपहार
आइएमईले दसैं, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ ।
आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ बन्न सफल भएका हुन् । मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद १० लाख उपहारस्वरुप प्राप्त गरे ।
बुधबार काठमाडौं पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’मार्फत नतिजा सार्वजनिक गरेका थिए ।
प्रकाशित समय : २०:२७ बजे

















