गृहपृष्ठ सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेसन जडान गर्ने
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेसन जडान गर्ने
सेगवे-नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न उपत्यकाभर १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने योजना घोषणा गरेको छ ।
यी चार्जिङ स्टेसनहरूमा छिटो चार्ज हुने फास्ट-चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्नेछन् । सेगवेको यो सुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउनेछ । सेगवे ई-स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डरविना लामो दूरीको यात्रा मज्जाले गर्न सक्नेछ ।
यो सुविधा फाइदामूलक हुनुका साथै प्रभावकारी हुनेछ किनकी यसले प्रत्येक चार्जिङको समयमा खपत भएको यूनिट ट्रयाक गर्दछ र चार्जरहरू फीट गर्न पनि सजिलो हुनेछ । सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेसन जडान गरिने बताएको छ ।
विद्युतीय सवारीसाधनहरू भविष्य हुन् । त्यसैले सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुईपांग्रे सेल्फ-ब्यालेन्सिङ निजी सावारी साधनहरू हालैे बजारमा ल्याएको छ । नेपालमा सेगवे ईभी स्कुटरको क्रेज बढ्दै छन, यसले ग्राहकहरुको प्रशंसा बटुल्नुका साथै यिनीहरुको फिचर र सजिलो ह्यान्डलिङमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ ।
यसरी ईभी सवारीसाधनहरूको प्रयोगकर्ता बढ्दै गएपछि कम्पनीहरूले देशभरका पहुँचयोग्य स्थानहरूमा चार्जिङ स्टेशनहरू जडान थाल्ने भएको छ । चार्जिङ स्टेसनको स्थापनासँगैे ग्राहकहरुको सेगवे प्रति विश्वास बढ्नेमा कम्पनी विश्वस्त रहेको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धन र बिक्री गर्ने धेरै कम्पनी छन् ।
आई हव प्रालि नेपालमा विद्युतीय सवारी साधनको एक प्रतिष्ठित वितरक कम्पनी हो । बढ्दो क्रेजले कम्पनीलाई काठमाडौंमा चार्जिङ स्टेशनहरू बढाउन प्रेरित गरेको छ र उनीहरू त्यसतर्फ लागेका छन् ।
सेगवेले आफ्ना सम्पूर्ण उत्पादनहरूसँग आशाजनक गुणस्तर कायम राखेको छ र विभिन्न स्थानहरूमा चार्जिङ स्टेसनहरू स्थापना गरेसँगै ग्राहकहरूले कम्पनीबाट मूल्य अभिवृद्धि सेवाहरू प्राप्त गर्नेछन् । सेगवे विद्युतीय सवारी साधनमा ट्रेन्डसेटर हो ।
उपत्यकामा चार्जिङ स्टेसनहरू सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधनको बजारमा गतिशीलता क्रान्ति र नवीन समाधानहरू प्राप्त हुनेछन् ।
प्रकाशित समय : १३:३६ बजे



















