गृहपृष्ठ एनएमबी बैंकद्वारा नगद लाभांश घोषणा
एनएमबी बैंकद्वारा नगद लाभांश घोषणा
एनएमबी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई नगद लाभांश मात्र दिने घोषणा गरेको हो ।
बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनएमबीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
एनएमबीले अघिल्लो आर्थिक वर्ष २०७७/७८मा भने १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रकाशित समय : ११:५४ बजे




















