गृहपृष्ठ दक्षिण कोरियाविरुद्ध सहज जित निकालेको ब्राजिल अन्तिम आठमा
दक्षिण कोरियाविरुद्ध सहज जित निकालेको ब्राजिल अन्तिम आठमा
दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति स्टेडियम ९७४ मा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले एक/एक गाल गरे । कोरियाको लागि सुङ हो पाइकले एक गोल गरे ।
नेइमारले राष्ट्रिय टिमका लागि ७६ औं गोल गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान् खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले पछाडि छन् ।
अब, सेमिफाइनल प्रवेशका लागि ब्राजिलले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल आगामी आइतबार हुनेछ । सोमबारै भएको खेलमा अर्को एसियाली देश जापानलाई पेनाल्टी सुटआउटमा पराजित गरी क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।
प्रकाशित समय : ०८:२५ बजे



















