global ime bank Long Banner Ad

गृहपृष्ठ गोलरक्षक लिभाकोभिच नायक बन्दा क्रोएसिया क्वाटरफाइलनमा

गोलरक्षक लिभाकोभिच नायक बन्दा क्रोएसिया क्वाटरफाइलनमा

गोलरक्षक लिभाकोभिच नायक बन्दा क्रोएसिया क्वाटरफाइलनमा

गोलकिपर डोमिचिच लिभाकोभिच नायक बनेको खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि सोमबार राति क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानमाथि ३–१ को जित हासिल गर्यो ।

निर्धारित समय तथा थप गरिएको अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिभाकोभिच नायक बने । उनले जापानका तीन खेलाडीको पेनाल्टी बचाएका थिए ।

क्रोएसियाका लागि निकोला भियासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरेका थिए । लिभाकोभिचले जापानको तर्फबाट ताकुमी मिनामिना, काउरो मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका तर्फबाट ताकुमा असानोल पेनाल्टी गोल गरेका थिए ।

यसअघि अल जुनब रंगशालामा जापानले पहिलो हाफमा डाइजान मेइडाको गोलमा अग्रता बनाएको थियो । इभान पेरिसिचको गोल गरेपनि दोस्रो हाफमा खेल बराबरीमा आएको थियो ।

प्रकाशित समय : ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु