global ime bank Long Banner Ad

गृहपृष्ठ तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६.८ डिग्रीमा झर्‍यो

तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६.८ डिग्रीमा झर्‍यो

तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६.८ डिग्रीमा झर्‍यो

देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्रीमात्र छ ।

मौसमविद्हरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ ।

पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ ।

हाल पहाडी भूभागमा आंशिक बदली छ ।

प्रकाशित समय : ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु