काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

११.२२ अंकले बढ्याे नेप्से, कारोबार रकममा पनि वृद्धि

8.15K
shares

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से आज ११.२२ अंकले बढेको हाे । यस दिन ०.५८ प्रतिशतले बढेर एक हजार ९६१.०६ को विन्दुमा पुगेको छ ।

बिहीबार कारोबार रकम पनि बढेको छ । बुधबार ८४ करोड २६ लाख बढेको कारोबार भएको थियो । आज एक अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँ बराबरको कारोबार भएको हाे । यस दिन २४१ धितोपत्रको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले बढेको छ । यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । जीवन बिमा समूहको सर्वाधिक १.२८ प्रतिशतले समूहगत सूचक बढेको छ । आज निर्जीवन बिमा समूहको ०.२० प्रतिशतले घटेको छ ।

यस दिन धौलागिरि लघु वित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । सिटिजन म्युचुअल फन्ड १ को सेयर मूल्य सर्वाधिक ३.६४ प्रतिशतले घटेको छ ।