global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेशनल लाइफद्वारा १५० जनालाई अभिकर्ता प्रशिक्षण

नेशनल लाइफद्वारा १५० जनालाई अभिकर्ता प्रशिक्षण

नेशनल लाइफद्वारा १५० जनालाई अभिकर्ता प्रशिक्षण

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डढेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको डढेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ता सहभागी थिए ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयमा आबद्ध भइ बिमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझ बढी व्यवसायिक बनाउँदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने बताए । कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरु सुदुरपश्चिम प्रदेशबाट सम्पन्न गर्दै आइरहेको उनकाे भनाइ थियाे ।

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बिमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी डढेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी खत्रीले सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु