global ime bank Long Banner Ad

गृहपृष्ठ दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

बिहीबार नेप्से परिसूचक ११.५६ अंकले बढेको छ । आज नेप्से ०.६० प्रतिशतले बढेर १९३३.५५ बिन्दुमा पुगेर बन्द भएको हाे ।

आज २३२ वटा धितोपत्रको २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच ९२ करोड ५१ लाख रुपैयाँकाे काराेबार भएकाे छ । बुधबार १ अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियाे ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बिमा समूहको परिसूचक ०.०४ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यस दिन अन्य समूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशतले बढेको छ ।

त्यस्तै, व्यापार समूहको परिसूचक १.२७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.१८ प्रतिशत, वित्त समूहको १.१४ प्रतिशत र विकास बैंक समूहको परिसूचक १.११ प्रतिशतले बढेको छ ।

बिहीबार घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ६.८३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २१९ रुपैयाँमा बन्द भएको छ । त्यस्तै, आरएमडीसी लघुवित्तको सेयर मूल्य ६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८८४ रुपैयाँ कायम भएको छ ।

सेयर मूल्य सर्वाधिक घट्नेमा किसान लघुवित्तको रहेको छ । उक्त कम्पनीको सेयर मूल्य २.८९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७८५ रुपैयाँ १० पैसामा झरेको छ ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु