गृहपृष्ठ खानाको बिल उपलब्ध गराउन माओवादी चितवनका अध्यक्षलाई निर्देशन

खानाको बिल उपलब्ध गराउन माओवादी चितवनका अध्यक्षलाई निर्देशन

खानाको बिल उपलब्ध गराउन माओवादी चितवनका अध्यक्षलाई निर्देशन

निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरण सोधेको छ ।

२९ कात्तिकमा भएको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन आयोगले माओवादी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरीलाई निर्देशन दिएको हो ।

माओवादी चितवनका अध्यक्षले सामाजिक सञ्जालमा पोष्ट गरी २९ कात्तिकमा ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शनपछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ उल्लेख गरेका थिए ।

प्रकाशित समय : ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु