गृहपृष्ठ अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्ने

अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्ने

अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्ने

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि साताको तीनदिन बनारस उडान भर्ने बुद्ध एयरले जनाएको छ ।

सोमबार विज्ञप्ति निकालेर बुद्ध एयरले आउँदो जनवरीबाट पोखरा विमानस्थल निर्माण सम्पन्न हुने जानकारी प्राप्त भएकाले त्यहाँबाट साताको तीनदिन आइतबार, मंगलबार र बिहीबार पोखरा–बनारस–पोखरा उडान गर्ने जानकारी दिएको हो ।

पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि उक्त रुटमा पनि उडान गर्ने बुद्ध एयरले जनाएको छ ।

‘रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रकृया यथाशीध्र अगाडि बढाइने छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु