एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : युएईविरुद्ध मैदान उत्रँदै नेपाल
वि.सं.२०७९ कात्तिक २८ सोमवार ०८:२४
shares

नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।
नेपाल र यूएई पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियका लागि परिचित टोली नै हुन् । नेपाल र यूएईबीचमा एकदिवसीय अन्तर्राष्ट्रियमा अहिले सम्म ६ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ४ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।
नेपाल भ्रमणमा रहेको युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल(कप्तान), आरिफ शेख, कमलसिंह ऐरी, करण केसी, आदिल आलम, ललित राजवंशी र सागर ढकाल ।
























