global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रचण्डलाई जुत्ताको माला लगाउने प्रयास, एक युवा प्रहरीको नियन्त्रणमा

प्रचण्डलाई जुत्ताको माला लगाउने प्रयास, एक युवा प्रहरीको नियन्त्रणमा

प्रचण्डलाई जुत्ताको माला लगाउने प्रयास, एक युवा प्रहरीको नियन्त्रणमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सुर्खेतमा जुत्ताको माला लगाउने प्रयास भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित भेलालाई सम्बोन्धन गर्ने क्रममा एक युवाले प्रचण्डलाई जुत्ताको माला लगाउन प्रयास गरेका थिए ।

कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालीकोटका विभिन्न स्थानमा भएको वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत झरेका थिए । भेलालाई सम्बोन्धन गर्ने क्रममा एक युवाले प्रचण्डलाई जुत्ताको माला लगाउन झोलाबाट निकाल्ने क्रममा मटेला प्रहरीले ती युवालाई नियन्त्रणमा लिएको छ । ती प्रहरी अधिकारीकाअनुसार प्रचण्डलाई जुत्ताको माला लगाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जुत्ताको माला लगाउने युवाको पहिचान नखुलाए पनि नियन्त्रणमा लिइएका युवालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा लगिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।

माओवादी अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सवार हेलिकोप्टरमा जुत्ता प्रहारको प्रयास भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु