global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व इतिहासमा आज के भयो ?

विश्व इतिहासमा आज के भयो ?

विश्व इतिहासमा आज के भयो ?

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

वर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी

वर्लिनको पर्खाल ढलेको २०औं बार्षिकीको अवसरमा सन् २००९ को ९ नोभेम्बर अर्थात आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत युनियनका अन्तिम अध्यक्ष मिखाइल गोर्भाचेभ, पोल्यान्डका पूर्वराष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार बिजेता लेच वालेसा बर्लिनको ब्रान्डेनवर्ग गेटमा  संयुक्त रुपमा हिडेर वर्लिनको पर्खाल ढलेको २०औ वार्षिकी मनाएका थिए ।

सानो उमेरमै विश्व चेस च्याम्पियन

सन् १९८५ मा रसियाका गारे कास्पारोभ सानो उमेरमै विश्व चेस च्याम्पियन बन्ने पहिलो व्यक्ति बनेका थिए । १३औं विश्व चेस च्याम्पियनमा २२ वर्षीय कास्पारोभले एनाटोली कारपोभलाई पराजित गरी चेस प्रतियोगितामा सानो उमेरमा नै विश्व च्याम्पियन बन्न सफल भएका थिए ।

रोलिङ स्टोन म्यागेजिनको प्रकाशन सुरु

सन् १९६७ मा आजकै दिन अमेरिकाको प्रसिद्ध सांस्कृतिक म्यागेजिन रोलिङ स्टोन प्रकाशित भएको थियो । सातामा दुई पटक प्रकाशित हुने सो म्यागेजिनको संस्थापक अमेरिकाको सानफ्रान्सिस्कोस्थित ज्यान सिमोन वेनरले गरेका थिए । म्यागेजिनले विश्वका प्रसिद्ध लेखकहरुको करिअर बारेमा रोचक जानाकारी दिन्थ्यो ।

यहुदीमाथि नाजीको जातीय नरसंहार

सन् १९३८ मा जर्मनमा नाजी पार्टीमा आबद्ध लडाकु समूहले जर्मनी र अस्ट्रियाका यहुदीमाथि जातीय नरसंहार गरेका थिए । नाजीले यहुदीसँग आबद्ध व्यापरी, धर्मगुरु र अन्य सर्वसाधरणको खोजी खोजी हत्या गरेका थिए । उनीहरु यहुदीको धर्मगृहमासमेत प्रवेश गरेका थिए । नाजीको शृंखलाबद्ध हमलामा ७० यहुदीको हत्या हुनुको साथै ३० हजारलाई पक्राउ गरिएको थियो । उनीहरुलाई पक्राउ गरी कारागारामा राखिएको कार्यलाई नाइट अफ ब्रोकन ग्लास भनिन्छ ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु