global ime bank Long Banner Ad

गृहपृष्ठ दिनेश कोइरालासहित कांग्रेसका यी ७४ जना पार्टीबाट निष्काशित

दिनेश कोइरालासहित कांग्रेसका यी ७४ जना पार्टीबाट निष्काशित

दिनेश कोइरालासहित कांग्रेसका यी ७४ जना पार्टीबाट निष्काशित

नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निकालेको छ ।

बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरिएको हो ।

केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको केन्द्रीय अनुशासन समितिले जनाएको छ ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’, कांग्रेस केन्द्रीय अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु