गृहपृष्ठ डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प
डोटी केन्द्रविन्दु भएर मंगलबार राति भूकम्प गएको छ ।
राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
प्रकाशित समय : ०७:१७ बजे



















