global ime bank Long Banner Ad

गृहपृष्ठ लाइसेन्स, राहदानी र नागरिकता देखाएर पनि भोट हाल्न पाइने

लाइसेन्स, राहदानी र नागरिकता देखाएर पनि भोट हाल्न पाइने

लाइसेन्स, राहदानी र नागरिकता देखाएर पनि भोट हाल्न पाइने

लाइसेन्स, राहदानी र नागरिकता लगायतका सक्कल कागजात देखाएर पनि निर्वाचनमा मत हाल्ने व्यवस्था मिलाउन निर्देशन दिइएकाे छ ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने लाइसेन्स, राहदानी र नागरिकता लगायतका सक्कल कागजात देखाएर पनि मत हाल्न पाउने व्यवस्था मिलाउन निर्देशन दिइएकाे हाे ।

निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएकाे छ,‘नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।’

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भएता पनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु