गृहपृष्ठ नेशनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि लागि ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि साउन महिनामा सञ्चालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडरसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँग साक्षात्कार गराउने उद्देश्य समेतले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्रीको सभापतित्वमा काठमाडौस्थित चन्द्रागिरी हिल्समा सम्पन्न उक्त कार्यक्रममा देशभरबाट करिब १०० जना वरिष्ठ अभिकर्ताकको सहभागिता रहेको थियो । उक्त ३ दिने कार्यक्रममा मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्किल डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।
यस्तै कार्यक्रममा खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पुर्याउन आफ्नो तर्फबाट भएको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव जानकारी गराए । साथै उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध भई कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुसँग साक्षात्कर हुन पाउँदा खुसी लागेको बताए ।
प्रकाशित समय : १७:१४ बजे



















