गृहपृष्ठ कुमारी बैंककाे वार्षिक साधारणसभा सम्पन्न, १२.५० लाभांश बाँड्ने प्रस्ताव पारित
कुमारी बैंककाे वार्षिक साधारणसभा सम्पन्न, १२.५० लाभांश बाँड्ने प्रस्ताव पारित
कुमारी बैंक लिमिटेडले २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सोमबार साधारणसभा गरेको हो ।
सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०७९/८० को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ ।
त्यस्तै कुमारी बैंकका सेयरधनीहरुलाई कर प्रयोजनसहित चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो ।
कुमारी बैंकका २३३ सेवा केन्द्र (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ । बैंकको आ.व. २०७८/७९ मा चुक्ता पुँजी १४ अर्ब ७१ करोडभन्दा बढी छ भने आव २०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप १ खर्ब ७३ अर्ब र कर्जा, सापटी तथा अधिविकर्ष १ खर्ब ६१ अर्ब तथा नाफा १ अर्ब १४ लाख रहेको छ ।
प्रकाशित समय : १७:०१ बजे



















