global ime bank Long Banner Ad

गृहपृष्ठ चुनावी सभामा जाने क्रममा विरोध खतिवडामाथि हातपात

चुनावी सभामा जाने क्रममा विरोध खतिवडामाथि हातपात

चुनावी सभामा जाने क्रममा विरोध खतिवडामाथि हातपात

नेकपा (एकीकृत समाजवादी)का नेता तथा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा उहाँमाथि हातपात भएकाे हाे । हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले खतिवडामाथि हातपात गरेका हुन् ।

सभास्थलमा जाने क्रममा खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै खड्काले हातपात गरेकाे एक प्रत्यक्षदर्शीले बताए ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याउन लागेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको छ।’ उहाँले पुरानो रिसइबी समेत रहेको बताउनुभयाे ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु