गृहपृष्ठ बिमा समिति बन्यो ‘नेपाल बिमा प्राधिकरण’
बिमा समिति बन्यो ‘नेपाल बिमा प्राधिकरण’

बिमा समितिले आज मंगलबारदेखि ‘नेपाल बिमा प्राधिकरण’का रुपमा काम थालेको छ । बिमा व्यवसायको नियमन गर्दै आएको बिमा समिति औपचारिक रुपमा आजदेखि बिमा प्राधिकरणमा रूपान्तरण भएको हो ।
बिमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बिमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बिमा समिति प्राधिकरण बनेको हो ।
समितिमा एक कार्यक्रमका बीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिंदैछ । बिमा समितिले गर्दै आएका काम अब प्राधिकरणमार्फत हुनेछन् ।
प्रकाशित समय : १२:२८ बजे