काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुपन्देही–२ मा वामदेव समूहको समर्थन एमालेलाई

12.71K
shares

वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने घोषणा गरेको छ ।

अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएको अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

‘हामीले केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छौं,’ अभियानका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका अर्यालले भने । रुपन्देहीको विकासमा विष्णु पौडेलको भूमिकाको कसैले पनि अवमूल्यन गर्न नहुने उनले बताए ।

अर्यालले एमाले उम्मेदवार विष्णु पौडेल सधैँ वाम एकताको पक्षमा लाग्ने र वामपन्थी शक्तिहरुको हितमा काम गर्ने भएकाले समर्थन गरेको जानकारी दिए । ‘हाम्रो राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटीको बैठकबाट रूपन्देही २ मा एमालेलाई सघाउने निर्णय भएको छ’, अर्यालले भने ।

आफ्नो पार्टी चुनावमा सहभागी नभएकाले अन्य क्षेत्रको विषयमा भने पछि निर्णय हुने उनले बताए । उक्त अभियानले यस क्षेत्रमा आफ्नो करिब २ हजार ५ सय मत रहेको दाबी गर्दै आएको छ । कार्यक्रममा एमाले उपध्यक्ष तथा उम्मेदवार विष्णु प्रसाद पौडेलले आफूले सबैको हित हुनेगरी साझा विकासमा जोड दिने बताएका थिए ।