काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने बढ्याे

9.56K
shares

साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा पुगेर बन्द भएको छ ।

नेप्से आइतबार ४३ अंकले बढकाे थियाे । त्यस दिन १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे । आज कारोबार रकममा भने वृद्धि भएको छ । आज २२४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड ९१ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशतले घटेको हो ।

सोमबार धैलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । उक्त कम्पनीको सेयरमूल्य ८.१३ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य १९८ रुपैयाँ १० पैसामा बन्द भएको छ । सेयर मूल्य सर्वाधिक घट्नेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २०७ रुपैयाँमा झरेको छ ।