काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

10.54K
shares

कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ ।

सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् ।

नेपाल पर्यटन वोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए ।

यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको वोर्डले जनाएको छ ।

वोर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औषतमा ४७ हजार ३५३ जना पर्यृटक आएका छन् ।