गृहपृष्ठ रेडमीको पहिलो ट्याब्लेट नेपाली बजारमा
रेडमीको पहिलो ट्याब्लेट नेपाली बजारमा
स्मार्टफाेन कम्पनी साओमीले नेपाली बजारमा रेडमी प्याड सार्वजनिक गरेको छ । यसमा सबै आवश्यक फिचरहरू समावेश गरिएको कम्पनीले बताएको छ ।
साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘रेडमी सब-ब्रान्डअन्तर्गत रेडमी प्याड लन्च गर्न पाउँदा हामी एकदमै उत्साहित छौं । सुपथ मूल्यमा आधुनिक ट्याब्लेटको अनुभव लिन चाहनेहरूलाई ध्यानमा राखेर हामीले यो ट्याब्लेट ल्याएका हौं ।’
१०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा स्मुथ भ्युइङ अनुभव लिन सकिने कम्पनीले बताएको छ । यसमा ८००० एमएएचकाे शक्तिशाली ब्याट्री भएकाले दिनभरी चलाउन सकिन्छ । २के रेजोल्युसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश हुनका साथै यसको स्टोरेज पनि १ टिबीसम्म बढाउन मिल्ने बताइएको छ ।
भिजुअल ल्याटेन्सी कम भएकोले यसमा ब्राउजिङ, स्क्रोलिङ र गेमिङको कामहरू अत्यन्तै छरितो रूपमा हुन्छ । टीयुभी रेन्ल्यान्डको लो लाइट सर्टिफिकेसन प्राप्त भएकोले यस ट्याब्लेटमा धेरै समय स्क्रिनमा हेर्दा पनि आँखा पोल्ने, दुख्ने समस्या हुँदैन । साथै यो एसजीएस लो भिजुअल फटिग सर्टिफिकेसन प्राप्त गर्ने विश्वकै पहिलो ट्याब्लेट भएको कम्पनीको दाबी छ ।
त्यस्तै, डल्बी एट्मसको क्वाड कोर स्पिकरले गर्दा यस डिभाइसको अडियो पनि उच्च स्तरको छ । ग्रुप कल गर्न होस् या जमघटको रमाइलोमा मनोरन्जन लिन होस्, इयरफाेनमा सुन्दा होस् अथवा स्टेरियो स्पिकरमा राम्रो सुनिन्छ ।
त्यस्तै यसको ८ एमपीको अल्ट्रा वाइड फ्रन्ट क्यामरा ग्रुप भिडियो कलको लागि अत्यन्तै उपयुक्त छ । यस्तै यसमा भएको फोकस फ्रेम टेक्नोलोजीले क्यामराअगाडि धेरै मान्छेहरू देखिनुको साथै आफैं वाइडर भ्युमा स्विच हुन्छ, जसले गर्दा सबै जना भिडियो फ्रेमको बिचमा रहन सजिलो हुन्छ ।
मेडिया टेक हेलियो जि ९९ प्रोसेसरले यो ट्याब्लेटलाई भर्सटाइल बनाउनुको साथै प्रयोगकर्ताहरूलाई स्मुथ अनुभव प्रदान गर्छ । ६ एनएमकाे प्रभावकारी प्रोसेसरले एपहरू चलाउन र अन्य कामहरू गर्न अत्यन्तै सरल र छरितो बनाएको छ ।
उत्कृष्ट पर्फर्मेन्स र उच्च ब्याट्री ब्याकअपले गर्दा यो ट्याब्लेट चलाउने प्रयोगकर्ताहरूले हाइ एन्ड ट्याब्लेट चलाएको अनुभव लिन सक्ने कम्पनीले बताएको छ । तुलनात्मक रूपमा कम मूल्यमा नै उपलब्ध भए पनि उच्च गुणस्तरीय मेटल युनिबडी डिजाइनले यसलाई अझै उत्कृष्ट बनाएको छ । प्रिमियम बिल्ड क्वालिटीले यो ट्याब्लेटको इन ह्यान्ड फिल अत्यन्तै सजिलो हुनुको साथै आधुनिक तरिकाले बनाइएको हाइ एन्ड ट्याब्लेटको जस्तै अनुभव लिन सकिन्छ ।
६/१२८ जीबीको स्टोरज अप्सनमा उपलब्ध यो ट्याब्लेटको मूल्य ३४ हजार ९९९ रुपैयाँ रहेको छ । कात्तिक १६ गते (आज)बाट नेपाली बजारमा उपलब्ध यो ट्याब ग्राफाइट ग्रे, मुनलाइट सिल्भर र मिन्ट ग्रिन रङहरूमा पाउन सकिने कम्पनीले जनाएकाे छ ।
प्रकाशित समय : १९:२१ बजे

















