global ime bank Long Banner Ad

गृहपृष्ठ एनआइसी एशिया बैंककाे सीईओमा पुन: रोशन न्यौपाने नियुक्त

एनआइसी एशिया बैंककाे सीईओमा पुन: रोशन न्यौपाने नियुक्त

एनआइसी एशिया बैंककाे सीईओमा पुन: रोशन न्यौपाने नियुक्त

एनआइसी एशिया बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुन: राेशन कुमार न्याैपाने नियुक्त भएका छन् । बुधबार बसेको बैंककाे सञ्चालक समितिको ५७३औं बैंठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हाे ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी साेही पदमा थप ४ वर्षको अवधिको लागि पुन: नियुक्त गरेकाे हाे ।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाले पछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेकाे थियाे । बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९औं बैंठकले उनलाई मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए । रसुवा स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ निवासी न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा उदाएका छन् ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु